तीजलाई परम्परागत शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाऔं : मुख्यमन्त्री शाही
मुखयन्त्री शाहीद्वारा बिहीबार जारी शुभकामना सन्देशमा भनिएको छ, ‘तीज विगतमा भाग्यलाई सराप्ने अन्धविश्वासी सोचमा आधारित हुनुहुँदैन र आजभोलि भड्किलो संस्कृतिमा रुपान्तरित यसले समाजमा भित्र्याएका विकृति हटाउँदै जानुपर्छ । तीजको मौलिकतालाई स्थापित गर्दै सामाजिक सद्भाव, एकता, भातृत्व एवं भगिनित्व विकास गर्न नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।’
मुख्मन्त्री शाहीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकतासहित अघि बढ्न तीज पर्वले प्रेरित गरेको बताएका छन् । कोरोना महामारीको संकट कायमै रहेकाले यसबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बसेर खुशीसाथ तीज मनाउन सुझाउँदै उनले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक हुन तीजबाट प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
0 Comments
Post a Comment